वर्णक्रम खण्ड
ह
हिराना. [सं. हीरक] पुरानो कोइलाखानीको आसपासमा पाइने, अति साह्रो र सानमा चढाएपछि अन्धकारमा पनि उज्यालो चमक दिने बहुमूल्य रत्न; हीरक ।
हिराकसीना. गन्धकको रासायनिक प्रक्रियाबाट तयार हुने फलामको विकार ।
हीरावलीना. प्रायः बिछ्याउने काम लिइने, देख्दा राम्रो, चारखाने खस्रो कपडा ।
हिरासतना. [अ.] १. अपराधीलाई निश्चित वा अनिश्चित समयसम्म थुन्ने काम; कैद; थुना; नजरबन्दी । २. बन्दीखान; झ्यालखान; खोर । ३. सिपाही वा पुलिसको रेखदेख; पहरा ।
हिरिक्कक्रि.वि. [अ.मू. हिरिक्+क] १. कुनै प्रिय वस्तु वा व्यक्तिको प्राप्तिका निम्ति हत्ते हाल्ने गरी; प्रेममा नराम्रोसँग फस्ने चालले । २. प्राण जाने गरी; मर्ने चालले ।
हिरिक्किनुअ.क्रि. कुनै वस्तुको प्राप्तिका लागि तीव्र इच्छा गर्नु; हिरिक्क हुनु ।
हिरिक्क्याइना. हिरिक्किने भाव, क्रिया वा प्रक्रिया ।
हिरिक्क्याहटना. हिरिक्क हुने भाव, अवस्था वा क्रियाप्रक्रिया ।
हिर्काइना. [√ हिर्काउ (+आइ)] हिर्काउने भाव, क्रिया वा प्रक्रिया ।
हिर्काइनुक.क्रि. हिर्काउने काम गरिनु; हानिनु ।
हिर्काउनुस.क्रि. मर्मान्तक पीडा हुने गरी पिट्नु; हान्नु ।
हिर्किनुस.क्रि. वेगले कतै जानु (निन्दार्थमा) ।
हिर्दोकवि. अँगाल्न पनि नहुने अफाल्न पनि नसकिने; नलिनु नछोड्नु खालको; गर्नु न मर्नु भएको ।
हिलमिलना. राम्रो मेलमिलाप; हृदयदेखिको मेल; हिमचिम ।
हिलिनु१अ.क्रि. [हिलो+इ+नु] हिलो हुनु; माटो, बालुवा आदिमा पानी मिसिई लेदो हुनु ।
हिलिनु२अ.क्रि. [सं. हेष+इ+नु] १. बेफ्वाँकमा गिजिएर हाँस्नु । २. घोडा कराउनु; हिनहिनाउनु ।
हिलिलिलिक्रि.वि. [हिल्ल+ई (द्वि.)] १. घोडा कराउने गरी; हिनहिनाउने चालले । २. गिजिएर हाँसिरहने गरी; हिलिने चालले ।
हिलीमिलीना. [√ हेलमेल] हृदयदेखिको मेलमिलाप; हेलमेल; हिमचिम; हिलमिल ।
हिलेवि. [हिलो+ए] १. हिलोमा हुने वा पाइने; हिलाको; हिलोसम्बन्धी । ना. २. रोपाइँ गर्दा परस्परमा हिलो छ्यापाछ्याप गरेर खेलिने खेल ।
हिले जात्राना. गाईजात्राको भोलिपल्ट रोपाइँको अभिनय गरेर देखाइने जात्रा; रोपाइँजात्रा ।