वर्णक्रम खण्ड

ऋणीवि. [सं.] १. पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ऋ ऋण लिने (व्यक्ति) । २. आफूलाई गरेको उपकारलाई सम्झने; कृतज्ञ; अनुगृहीत; आभारी । ऋणी पक्षना. १. ऋण लिनेको पक्ष; असामीको तरफदारी । २. ऋणीको जमात वा डफ्फा । ऋतवि. [सं.] १. सत्य; साँचो । २. उचित; ठिक । ३. पूजा गरिएको; सम्मान गरिएको । ४. चारैतिर प्रकाश छर्ने; चम्किलो; चहकिलो । ना. ५. मुक्ति; मोक्ष । ६. सृष्टिको आदि तत्त्व वा कारण । ७. ईश्वरीय नियम । ऋतम्भराना. [सं.] १. सत्यको धारणालाई बल दिने वा पुष्ट पार्ने चित्तवृत्ति । २. सधँएकरस वा एकनास रहने सात्त्विक वृत्ति वा बुद्धि । ऋतव्रतवि. [सं.] १. साँचो बोल्ने; सत्यवादी । ना. २. साँचो बोल्ने व्रत । ऋतुना. [सं.] १. प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय । २. प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन (ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर र वसन्त) । ३. स्त्रीहरू गर्भधारण गर्न योग्य हुने रजोदर्शनपछिको समय; आइमाई रजस्वला भएको समय । ४. आइमाईको मासिक रजःस्रावका चार दिन । ५. आइमाईको पर सर्ने वा नछुने हुने क्रिया वा स्थिति । ६. कुनै बोट बिरुवा आदिको फल्नेफुल्ने, उपयुक्त तथा निश्चित समय । ऋतु अपक्षयना. घाम, वर्षा, वायु आदि मौसमी तत्त्वद्वारा धरातल खिइने क्रिया । ऋतुग्रहना. यज्ञमा सोमरस हवन गर्ने पात्र । ऋतुचर्याना. १. ऋतुअनुसारको दैनिक कार्यक्रम तथा आचरण । २. ऋतुअनुसारको खानपिन; ऋतुअनुसारको आहारविहार । ऋतुदानना. सन्तानका इच्छाले ऋतुकालपछि ऋतुमती स्त्रीका साथ गरिने सम्भोग; गर्भाधान । ऋतुमतीवि. रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; पन्छिएकी; रजोवती (स्त्री) । ऋतुराजना. वसन्त ऋतु । ऋतुविपर्ययना. कुनै ऋतुमा देखा पर्ने इतर ऋतुसम्बन्धी गुण वा परिस्थिति । ऋतुसन्धिना. एउटा ऋतु सकिएर अर्को ऋतु सुरु हुने समय; दुई ऋतुका बिचको समय; दुई ऋतुको मध्यकाल । ऋतुस्नानना. रजस्वला भएकी स्त्रीले चौथो दिनमा गर्ने स्नान । ऋत्विज्ना. [सं.] १. यज्ञमा दीक्षित भएको ब्रामण; यजमानका घरमा यज्ञयागादि गराउने होता, उद्गाता, अध्वर्यु; ब्रह्मा । २. प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति । ऋद्धवि. [सं.] १. समृद्ध; सम्पन्न । ऋद्धिना. [सं.] १. धनधान्य आदिको प्रचुरता वा अधिकता; बढिबढाउ; समृद्धि; सम्पन्नता । २. उद्देश्यको सफलता; साफल्य; सिद्धि । ३. अलौकिक शक्ति । ४. गणेशका दुई सेविकामध्ये एक । ५. लक्ष्मी । ६. पार्वती । ऋद्धिसिद्धिना. १. धनसम्पत्ति वा ऐश्वर्यको वृद्धि र इच्छित कार्यमा सफलता; समृद्धि र सफलता । २. गणेशका दुई सेविका (ऋद्धि र सिद्धि) । ऋषभना. [सं.] १. धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल । २. सङ्गीतका सात स्वरमध्ये दोस्रो (रे) । ३. श्रेष्ठ; उत्तम ।