खोज नतिजा

“सङ्घ”

20 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

सङ्घ

ना. [सं.] १. कुनै विशेष उद्देश्यको पूर्तिका निम्ति बनेको वा समान उद्देश्य लिएका धेरै व्यक्ति वा सङ्गठित संस्थाहरूको समूह; कुनै विशेष सिद्धान्त, नियम आदिमा आधारित संस्था । २. समूह; मण्डली; जमात । ३. बौद्ध भिक्षुहरूको मठ वा समाज । ४. प्राचीन कालमा प्रचलित एक प्रकारको प्रजातान्त्रिक पद्धति । ५. परराष्ट्रनीति, रक्षा, मौद्रिक व्यवस्था आदि समान उपयोगका प्रमुख विषयहरू केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने अनेक राज्यको सङ्गठन वा एकाइ ।

पूरा प्रविष्टि हेर्नुहोस् →
रूपान्तर मिलेको

व्यापार मण्डल/सङ्घ

ना. १. आफ्नो हक, हितको संरक्षण र संवर्धन गर्न व्यापारीहरू मिलेर गठन गरिएको संस्था; व्यापारीहरूको प्रतिनिधि संस्था । २. व्यापार गर्नका निम्ति केही व्यक्तिहरू मिली संयुक्त रूपमा पुँजी लगाई बनाइएको सामूहिक रूप; व्यापारकम्पनी ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

मैत्रीसङ्घ

ना. दुई देशका बिच आपसी सहयोग तथा घनिष्ठता बढाउने उद्देश्यले स्थापित गरिने सङ्घ (जस्तो- नेपालभारत मैत्रीसङ्घ, नेपाल– चीन मैत्रीसङ्घ आदि) ।

पूरा प्रविष्टि हेर्नुहोस् →