खोज नतिजा

“चकमन्न”

12 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

झमक्क

क्रि.वि. [अ.मू. झमक्+क] घाम डुबेपछि चारैतिर अँध्यारो छाउने गरी; साँझ परेपछि नजिकको वस्तु पनि देख्न नसकिने किसिमले; चकमन्न ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

स्तब्ध

वि. [सं.] १. कुनै पनि चेष्टा नभएको; जड । २. गतिमा रोकावट आएको; अवरुद्ध । ३. कर्तव्यबाट विमुख भएको; विमूढ । ना. ४. सुनसान; सन्नाटा; चकमन्न ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

सन्नाटा

ना. [सं. सन्नष्ट] १. चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहने स्थिति; शून्यता; नीरवता । वि. २. कुनै शब्द वा हलचल केही नभएको; सुनसान; एकलास ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

रामारुमी

वि. १.कतै पनि केही नदेखिने; निस्पट्ट; गाढा (अँध्यारो) । (उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन ।) २. सुनसान; चकमन्न । (उदा.- जाडामा नौ बजेतिर नयाँ सडक पनि रामारुमी भइसक्छ ।)

पूरा प्रविष्टि हेर्नुहोस् →