खोज नतिजा

“अध्यारोप”

3 सम्म नतिजा देखाइएको छ।

रूपान्तर मिलेको

अध्यारोप/अध्यारोपण

ना. [सं.] १. एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा एउटा वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप (जस्तो— डोरीलाई सर्प भनी ठान्नु इ.) । २. एउटाको कार्यव्यापारको अर्कामा हुने आरोपण ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

अपवाद

ना. [सं.] १. कसैको सम्मानमा आघात पुग्ने लोकनिन्दा; बदनामी; तिरस्कार । २. नभए, नगरेका कुराको दोष वा आरोप; झुटो दोष । ३. व्यापक वा सामान्य नियमभित्र नपरेर त्यसको अतिरिक्त आउने विषयवस्तु वा कामकुरो; सामान्य लक्षणमा नअटाउने कुरो । ४. झुटो कुरो; असत्य वार्ता । ५. वेदान्तशास्त्रका अनुसार अध्यारोपको निराकरण । (जस्तो— डोरीमा सर्पको ज्ञान अध्यारोप हो भने डोरीको वास्तविक ज्ञानबाट सर्पको ज्ञानको निराकरण चाहिँ अपवाद हो ।) ।

पूरा प्रविष्टि हेर्नुहोस् →