शब्दकोश प्रविष्टि

श्रुति

ना.
  1. सुन्ने इन्द्रिय; कान ।

  2. सुन्ने काम वा कुरो; श्रवण ।

  3. वेद ।

  4. सङ्गीतमा स्वरभेद वा स्वरको अन्तराल । (सात मूल स्वरका प्राचीन आचार्यका मतानुसार बाइस र आधुनिक पद्धतिअनुसार अठार श्रुतिभेद मानिएका छन्) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053766
मुद्रित पृष्ठ
1201–1202