शब्दकोश प्रविष्टि
शान्त
वि.
कुनै प्रकारको रिसराग, द्वेष, दुःख आदि मनोविकार नभएको; शिष्ट र सौम्य प्रकृतिको; शान्तियुक्त; सुशील र विनम्र ।
गति वा वेग नभएको; निश्चल ।
कुनै उपध्रो, विघ्नबाधा, हल्ला आदि नभएको; निःशब्द; मौन ।
मानिस आदि नभएको; सुनसान; निर्जन ।
शमन भएको; निभेको ।
प्राणपखेरु उडेको; मरेको; मृत ।
प्रसन्न वा सन्तुष्ट पारिएको; धैर्य भएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053151- मुद्रित पृष्ठ
- 1187