शब्दकोश प्रविष्टि

शङ्ख

ना.
  1. समुद्रमा पाइने घुँगी जातका किराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो; त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन बजाइने र अचेल कुनै माङ्गलिक कार्य वा पूजाआजामा दोहोरो र बाहुनक्षेत्रीका मलाममा एकोहोरो बजाइने बाजा ।

  2. औँलाका टुप्पामा हुने एकातिर बगेर गएजस्तो आकृतिको रेखात्मक चिनु ।

  3. सय पद्मको सङ्ख्या वा गणना ।

  4. कुबेरका नौ निधिमध्ये एक ।

  5. विष्णुद्वारा मारिएको एक राक्षस; शंखासुर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052930
मुद्रित पृष्ठ
1183