शब्दकोश प्रविष्टि

लोक

ना.
  1. ब्रमाण्डको कुनै एक भाग अथवा खण्ड; संसार; जगत्; दुनियाँ ।

  2. पुराणअनुसार स्वर्ग, मर्त्य र पाताल तीन स्थान वा पृथ्वीसहित उँभोका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक सात र उँधोका अतल, सुतल, वितल, तलातल, रसातल, महातल र पाताल सातसमेत चौध भुवन ।

  3. ग्रहमण्डल (जस्तो- सूर्यलोक, चन्द्रलोक, ध्रुवलोक आदि) ।

  4. मुख्य देवताको निवासस्थल (जस्तो- शिवलोक, विष्णुलोक, ब्रमलोक आदि) ।

  5. पुराणअनुसार, प्राणी जीवित छँदा भोग गर्ने र मरेपछि पुग्ने ठाउँ; इहलोक र परलोक ।

  6. समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय; जनसमूह ।

  7. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा मूर्तिबराबरको नाप; आठ अमल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050328
मुद्रित पृष्ठ
1121