शब्दकोश प्रविष्टि

रातीगेडी

ना.
  1. चनाका जस्ता पात हुने, हल्का गुलाफी रङ्गका फूल फुल्ने, केराउका जस्ता कोसा लाग्ने, जरा 'जेठीमधु' कहिने एक प्रकारको लता वा त्यसमा फल्ने, सुन आदि तौलिँदा लाल वा रत्तीको परिमाण बनाइने, कालो टीका भएको रातो गेडो; लालगेडी; आँखीगेडी ।

  2. थोरै धन (उदा.- हर्के बुढी आमैको एउटा छोरो भएकाले त्यही उनका निम्ति रातीगेडी भएको थियो ।)

उदाहरण

(उदा.- हर्के बुढी आमैको एउटा छोरो भएकाले त्यही उनका निम्ति रातीगेडी भएको थियो ।)

व्युत्पत्ति

[राती+गेडो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047983
मुद्रित पृष्ठ
1073