शब्दकोश प्रविष्टि
बिग्रनु
अ.क्रि.
कुनै वस्तुको रूप, गुण आदिमा कुनै प्रकारले विकार आउनु; बरबाद हुनु; नाश हुनु; सड्नु; कुहुनु आदि ।
काम नलाग्ने हुनु; हानि हुनु ।
टुटफुट वा भताभुङ्ग हुनु; भत्कोस लाग्नु ।
कुनै वस्तु बनाउन थाल्दा चुकेर वा नजानेर नबन्नु; खेर जानु; विफल हुनु ।
जाति, धर्म, नीति, उद्देश्य आदिबाट च्युत हुनु; पतित हुनु ।
खराब बानी लिनु वा आचरणहीन हुनु; बदमास बन्नु ।
पोइल जानु; बोरिनु ।
गर्भ तुहुनु ।
व्युत्पत्ति
[सं. विकृ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040335- मुद्रित पृष्ठ
- 909