शब्दकोश प्रविष्टि
पिण्ड
ना.
सानो वा ठुलो कुनै खँदिलो डल्लो; गोलाकार कुनै वस्तु; बाटुलो पदार्थ ।
श्राद्धमा पितृका नाममा छोरा वा नाति आदिद्वारा चढाइने भात वा जौको पिठाको डल्लो; पितृलाई दिने उद्देश्यले बाटिएको भात वा जौको डल्लो ।
मन नपरीकन कसैलाई दिएको खानेकुरा ।
शरीर; देह ।
गाँस ।
अर्काले दिएको खानेकुरा (तुच्छार्थमा) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034470- मुद्रित पृष्ठ
- 775