शब्दकोश प्रविष्टि

पात्र

ना.वि.
  1. कुनै वस्तु राख्ने आधार; भाँडो; बर्तन ।

  2. केही वस्तु पाउन वा लिन योग्य व्यक्ति; सत्कार, पूजा आदि गर्न योग्य मानिस; सुपात्र; सत्पात्र ।

  3. नाटकमा अभिनय गर्ने व्यक्ति; अभिनेता; नट ।

  4. काव्य, नाटक, कथा, उपन्यास आदिमा चरित्रको वर्णन गरिएको नायक, नायिका वा अन्य कुनै व्यक्ति ।

  5. योग्यता; क्षमता; सामर्थ्य । वि.

  6. अधिकार दिन वा पाउन योग्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033938
मुद्रित पृष्ठ
763