शब्दकोश प्रविष्टि

पाउनु

स.क्रि.
  1. खोजेर वा नखोजीकन कुनै वस्तुलाई भेट्टाउनु; प्राप्त गर्नु ।

  2. हराएको वस्तु फेला पर्नु; भेट्टाउनु ।

  3. ज्ञानेन्द्रियमार्फत अनुभव ग्रहण गर्नु ।

  4. सक्नु; समर्थ हुनु ।

  5. जन्माउनु; पैदा गर्नु; जन्म दिनु ।

  6. आतिथेयले वा भान्सेले दिएको भोजन खाने मान्छेले स्वीकार गर्नु ।

  7. कसैले दिएको केही कुरो कसैले लिनु ।

व्युत्पत्ति

[सं. प्रापण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033668
मुद्रित पृष्ठ
757