शब्दकोश प्रविष्टि

पटल

ना.
  1. घर आदिको छानो; छत; छादन ।

  2. कुनै वस्तुलाई ढाक्ने वा छोप्ने साधन; पर्दा; आवरण ।

  3. तह; पत्र ।

  4. आँखाको फलक वा ढकनी ।

  5. ग्रन्थको अध्याय; परिच्छेद ।

  6. समूह; जमात; हुल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032005
मुद्रित पृष्ठ
721