शब्दकोश प्रविष्टि
निक्षेप
ना.
कुनै वस्तुलाई फ्याँक्ने काम; मिल्काउने काम ।
कुनै वस्तुलाई कतै राख्ने काम; थन्क्याइ ।
चाहिएको बेलामा फिर्ता लिने गरी विश्वासपूर्वक कसैलाई कुनै वस्तु राख्न दिने काम; धरोट; नासो ।
आर्थिक कारोबार गर्ने कुनै संस्थाको सेयर वा हिस्सा किनेर पैसा हाल्ने काम; लगानी ।
ब्याङ्कको खातामा जम्मा गरिने रकम वा धन ।
व्युत्पत्ति
[सं. निःक्षेप]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030277- मुद्रित पृष्ठ
- 683