शब्दकोश प्रविष्टि
दुरुस्त
वि.
जस्तो हुनुपर्थ्यो त्यस्तै; उस्तै; सदृश; काटीकुटी ।
कुनै भत्केबिग्रेको कामकुरा आफूले नगरेको जस्तो पार्ने वा त्यस्तै पारी बनाउने; ठिकठाक; जस्ताको त्यस्तै ।
जिम्मा लाएको कामकुरा तम्तयार पार्ने; रिटिक्क ।
पहिले जस्तो हालतमा थियो त्यस्तै; ज्यूँका त्यूँ ।
उचित; मुनासिब ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027456- मुद्रित पृष्ठ
- 618