शब्दकोश प्रविष्टि

जल

ना.
  1. पानी; उदक ।

  2. देवतालाई नुहाएको वा पूज्य जनका पाउ धोएको पानी; चरणामृत; चरणोदक ।

  3. विशिष्ट व्यक्तिलाई खान दिइने शुद्ध वा सफा पानी ।

  4. गङ्गा आदि नदीको चोखो पानी; पवित्र पानी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019653
मुद्रित पृष्ठ
448