शब्दकोश प्रविष्टि

छिन्नु

स.क्रि.अ.क्रि.
  1. कुनै कामकुराको टुङ्गो लाउनु; मुद्दामामिलाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु ।

  2. बाँकीबक्यौता, ऋण आदिको हरहिसाब चुक्ता गर्नु; फर्छ्याउनु ।

  3. वस्तुको कुनै अवयव टुक्रिनु; टुट्नु; चुँडिनु । अ.क्रि.

  4. बर्कत घट्नु; दुब्लाउनु; शारीरिक अवस्था कमजोर हुनु ।

  5. घरव्यवहारको आर्थिक अवस्था गिर्नु; ऋणले सताउनु ।

व्युत्पत्ति

[सं. क्षीण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018497
मुद्रित पृष्ठ
422