शब्दकोश प्रविष्टि
छँटनी
ना.
छाँटछुँट पार्ने काम; छँटाइ ।
धेरै भएर गाँजिई सेप लाग्ने अवस्थामा पुगेका बोटबिरुवालाई उखेलेर छरितो पार्ने वा ठिक्क राख्ने काम ।
कुनै पदार्थमा मिसिएको विजातीय पदार्थ वा अनिष्ट वस्तुलाई हटाउने काम ।
अनावश्यक वा अल्छी र अयोग्य कामदारहरूलाई हटाउने काम; पजनी ।
विभिन्न ठाउँमा लैजाने वस्तुहरूलाई बेग्लाबेग्लै छुट्ट्याउने काम ।
व्युत्पत्ति
[छाँट+अनी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017877- मुद्रित पृष्ठ
- 409