शब्दकोश प्रविष्टि
चेक
ना.
कुनै व्यक्ति वा संस्थाले आफ्नो खाताबाट यति रकम दिनूभनी ब्याङ्कलाई लेखिदिने, ब्याङ्क स्वयम्ले प्रमाणित गरेको पत्र ।
ब्याङ्कमा राखिएको आफ्नो रुपियाँपैसा झिक्नका निम्ति ब्याङ्कले नै प्रमाणित गरेर दिएको पत्र ।
चारखाने बुट्टा; विभिन्न किसिमका पाटे बुट्टा ।
आकस्मिक किसिमको जाँच; छड्के जाँच ।
कुनै काम भयो वा भएन भनी पुनः राम्ररी विचार पुर्याउने काम ।
जाँच ।
रुजु; भिडान ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017355- मुद्रित पृष्ठ
- 397