शब्दकोश प्रविष्टि

गाँड

ना.
  1. रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने ठुलो डल्लो; गलगण्ड ।

  2. रुखहरूमा चोट लागेका ठाउँमा निस्कने गाँठो ।

  3. सुपारी, कटहरजस्ता फलहरूको समुदाय वा तिनको गाँठो परेको भाग ।

  4. एकै ठाउँ झुम्मिएका कमिला, मौरी, अरिङ्गाल आदिको गोलो वा समूह ।

व्युत्पत्ति

[सं. गण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013250
मुद्रित पृष्ठ
310