शब्दकोश प्रविष्टि

गति

ना.
  1. एक स्थिति, रूप आदिबाट अर्को स्थिति, रूपआदिसम्मको परिवर्तन वा एक ठाउँदेखि अर्को ठाउँसम्मको गमन; चाल; हिँडाइ; सराइ; वेग ।

  2. कुनै पनि वस्तु वा प्राणीको दशा; अवस्था ।

  3. सम्भावित प्रयासको सीमा; क्षमता; शक्ति; तागत ।

  4. जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था ।

  5. मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया ।

  6. ईश्वरीय स्वरूप; मोक्ष; मुक्ति ।

  7. प्रवेश; पहुँच ।

  8. मार्ग; बाटो ।

  9. वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च); नाडी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012759
मुद्रित पृष्ठ
300