शब्दकोश प्रविष्टि
कि
संयो.निपा.
दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बिचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा.— पढ्छौ कि पढ्दैनौ?) ।
मिश्र वाक्यमा आश्रित उपवाक्यलाई जोड्ने शब्द । (उदा.— कि तिमी जाऊ कि मलाई जान देऊ ।) । निपा.
प्रश्न वा सन्देह बुझाउँदा वाक्यान्तमा प्रयोग हुने शब्द (उदा.— उसले मलाई पढाउँछ कि? ऊ त्यहाँ छैन कि?) ।
उनको भनाइ छ कि कवितामा अनुप्रास हुनुपर्छ (अस्त.) ।
उदाहरण
(उदा.— पढ्छौ कि पढ्दैनौ?)(उदा.— कि तिमी जाऊ कि मलाई जान देऊ ।)(उदा.— उसले मलाई पढाउँछ कि? ऊ त्यहाँ छैन कि?)व्युत्पत्ति
[सं. किम् ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009212- मुद्रित पृष्ठ
- 221