शब्दकोश प्रविष्टि

उकास्नु

स.क्रि.
  1. भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु; तल रहेको वस्तुलाई मास्तिर पुर्‍याउनु ।

  2. गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु ।

  3. तल्लो स्तरको मानिसलाई माथिल्लो स्तरमा पुर्‍याउनु; उठाउनु ।

  4. आपदविपद्बाट छुटकारा दिलाउनु ।

व्युत्पत्ति

[उकास+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005098
मुद्रित पृष्ठ
124