शब्दकोश प्रविष्टि

अपभ्रंश

ना.
  1. तलतिर खस्ने वा झर्ने काम; पतन ।

  2. बिग्रेको स्थिति; विकृति ।

  3. मूल उच्चारण ठिक र शुद्ध किसिमले गर्न नसकी बिग्रेको शब्दरूप ।

  4. प्राचीन मध्यदेशीय प्राकृत भाषाभन्दा पछिको र आधुनिक आर्यभाषा जन्मनुभन्दा पहिलेको तथा सोही आधुनिक आर्यभाषाको विकास गराउने भाषा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001965
मुद्रित पृष्ठ
52