वर्णक्रम खण्ड

हिट्टेलीना. भारोपली भाषापरिवारको, युरोपभित्र बोलिने एक शाखा । हिण्डोलना. [सं.] मध्यम, तीव्र, ऋषभ र पञ्चम वर्जित हुने र अन्य स्वर शुद्ध रहने, शास्त्रअनुसार दिनको प्रथम प्रहरको अन्तमा र विशेष गरी वसन्त ऋतुमा गाइने औडव जातिको एक राग । हितना. [सं.] १. कसैको असल हुने काम; उपकार; भलाइ । २. कल्याण; मङ्गल । ३. फाइदा; लाभ; प्राप्ति । ४. इष्टमित्र; बन्धु । ५. हितैषी व्यक्ति । हितकर/कारक/कारीवि. १. हित गर्ने; भलो गर्ने । २. लाभ पुर्‍याउने; लाभप्रद । ३. हित सोच्ने; भलो चिताउने । हितचिन्तकवि. हित चिताउने; हितैषी । हितचिन्तनना. असल वा भलो हुने कामकुराको विचार; शुभकामना । हिताहितना. १. हित र अहित; फाइदा र बेफाइदा । वि. २. असल र खराब । हितेच्छुवि. भलो चाहने; शुभेच्छु; हितैषी । हितैषीवि. कल्याण चाहने; हितेच्छु । हितोपदेशना. १. हित वा कल्याण हुने कुराको उपदेश; राम्रो अर्ती । २. नारायण पण्डितद्वारा रचित संस्कृत भाषाको एक प्रसिद्ध नीतिग्रन्थ । हित्तचित्तना. [सं. हृत्+चित्त] दुई व्यक्तिका बिच भएको मिलिमतो; दुई जनाको मिलेको मन; मिलेका दुई दिल । हिदायतना. [अ.] १. सही बाटो देखाउने काम; मार्गदर्शन । २. कुनै काम गर्न वा नगर्नका लागि दिइएको आदेशउपदेश । हिनहिनाइना. [√ हिनहिनाउ (+आइ)] हिनहिनाउने भाव, क्रिया वा अवस्था । हिनहिनाइनुअ.क्रि. हिनहिनाउने काम हुनु; घोडा कराइनु । हिनहिनाउनुअ.क्रि. [सं. हेषण+आउ+नु] हिनहिन आवाज निस्कनु; घोडा कराउनु; हिलिनु । हिनहिनाहटना. हिनहिनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया । हिनामिनाना. [हन् (हरण)+मीन् (अफाल्नु)] १. मालसामानको बरबादी; खती; नोक्सानी; क्षति । २. तलमाथि; गडबडी । हिन्तालना. [सं.] पातैपातले छोपिएको, छोटो डाँठ हुने ताडको रुख । हिन्दना. [फा.] हिन्दुस्तान; भारत देश । हिन्द चीनना. कम्पुचिया, भियतनाम र लाओसको समूह ।