वर्णक्रम खण्ड

हिङ्गुना. [सं.] हिङको बोट वा त्यसैको चोप । हिङ्गुपत्रीना. जिम्बुबुटी । हिङ्गुलना. १. पारो मिश्रित एक खनिज पदार्थ; सिम्रिक । २. सिन्दूर । हिङ्गुलना. [सं. हिङ्गुलाज] हिङ्गुलाज पत्थर; हिङ्गुरो । हिङ्गुलाजना. [सं.] १. सिन्धप्रदेशको पहाडमा रहेको दुर्गाको एक मूर्ति । २. यिनै देवीको प्रसादस्वरूप माला उनेर लगाइने सेतो एक प्रकारको बियाँ; ठिङ्गुरो; हिङ्गुल । हिचकिचना. [हि. हिचक] अनकनाइ; धरमराहट; दोधार; असमञ्जस । हिचकिचाइना. हिचकिचाउने भाव, क्रिया वा प्रक्रिया; अनकनाइ । हिचकिचाइनुअ.क्रि. धरमराउने काम गरिनु; अनकनाइनु । हिचकिचाउनुअ.क्रि. १. डर, सङ्कोच आदिले गर्दा केही भन्न वा गर्न धरमराउनु; सङ्कोच मान्नु; अनकनाउनु; अकमकाउनु । २. काम थाल्ने वा नथाल्ने दोधारमा पर्नु; हच्कनु । हिचकिचाहटना. हिचकिचाउने भाव, स्थिति वा क्रियाप्रक्रिया; हिचकिचाइ; अनकनाहट । हिजडाना. [?] स्त्री वा पुरुष नछुट्टिएको प्राणी; नपुंसक; सिँगारु । हिजरीना. [अ.] १. हजरत मुहम्मदले मक्का छोडेर मदीना जानु । २. हजरत महम्मदले मक्का छाडेर गएको तिथिदेखि चलेको संवत् । हिजैक्रि.वि. [हिजो+नै] हिजोको दिनमै । हिजोक्रि.वि. [सं. ह्यस्] १. आजको दिनभन्दा पहिलो दिनमा; गएको दिनमा; एक दिन पहिले । ना. २. गएको दिन । हिजोअस्तिक्रि.वि. भर्खरै बितेका दिनहरूमा । हिजोआजक्रि.वि. अचेल; वर्तमान समयमा । हिज्जेना. [अ.] हरेक शब्दमा रहने अक्षरहरूको व्यवस्थित क्रम वा रखाइ; वर्णविन्यास; बर्तनी; खिप्ती । हिटरना. [अङ्.] बिजुलीबाट भात, चिया आदि पकाउन वा जाडामा ताप्न प्रयोग गरिने बलेको तारयुक्त चुलो; बिजुलीको चुलो । हिटीना. [नेवा.] पानीको धारा खसाल्ने पाइप वा नली; धारो (जस्तो- नारायणहिटी, मरुहिटी आदि) । हिटीमङ्गना. एक फुटजति लामो हुने अजिँगरमुखी आकारको, उपत्यकाका धार्मिक चाडपर्वमा फुकेर बजाइने ढुङ्ग्रोजस्तो एक बाजा ।