वर्णक्रम खण्ड
ह
हाम२ना. [घाम] अर्द्धवृत्ताकार इन्द्रेनी ।
हाम३ना. [सं. झम्प] उँचो ठाउँबाट तल फाल हाल्ने वा खस्ने काम; हामफलाइ ।
हाम फलाइना. हाम फाल्ने काम; फालहलाइ ।
हाम फाल्नुअ.क्रि. उँचो ठाउँबाट जमिनमा वा पानीमा शरीरमा चोटपटक नलाग्ने गरी हुत्तिनु; फाल हाल्नु ।
हाम फालिनुअ.क्रि. फाल हालिनु ।
हामीसर्व. [प्रा. अम्ह < सं. अस्मद] १. उत्तम पुरुष प्रथमा विभक्तिको 'म' शब्दको बहुवचन रूप । २. धेरै जनाको प्रतिनिधित्व गरेर कुनै एक व्यक्तिले बोल्दा प्रयोग गरिने शब्द । ३. 'म'को सट्टामा अहम्भाव जनाउन प्रयोग गरिने सर्वनाम ।
हाम्मक्रि.वि. [हाम्+म] १. ससाना केटाकेटीलाई अँगालो मार्न वा काख लिन बोलाउने गरी । ना. २. अङ्कमाल; अँगालो (बालबोलीमा) ।
हाम्रोवि. [हामी+रो] हामीहरूको; मेरो शब्दको बहुवचन ।
हायवि.बो. [सं. हा] खेद, दया, सहानुभूति, करुणा, शोक आदिको भाव प्रकट गर्ने शब्द; हाइ ।
हायलकायलवि. [अ. हायल+कायल] १. कामकुरामा दिक्दार भएको; आत्तिएको; हैरान; कायल; हावाकावा । २. थर्कमान; थरहरी ।
हायहायवि.बो. हाइहाइ ।
हायु१वि. [सं. आहार] १. धेरै खाने; खाइद्यौ; खन्चुवा । २. आफ्नो खूबी नभएको; गतिपतिहीन ।
हायु२ना. नेपालको पूर्वीपहाडी भागमा बसोबास गर्ने एक जाति ।
हार१ना. [सं. हारि] १. युद्ध, खेल, प्रतियोगिता आदिमा विपक्षी वा प्रतियोगीको जित; आफ्नो हराइ; पराजय । २. थाक्ने काम; थकाइ; शिथिलता । ३. बाध्यता वा असमर्थताले निहुरनुपर्ने स्थिति; विवशता; लाचारी ।
हार२ना. [सं.] १. गलामा पहिरिने फूल, रत्न आदिको माला । २. बिचमा मणि वा कुण्डल आदि लट्केको सुनको सिक्री । ३. लहर; पङ्क्ति; ताँती । वि. ४. लाने वा ल्याउने । ५. हरण गर्ने; चोर्ने । ६. नाश गर्ने ।
हारकवि. १. खोसेर लिने; हरण गर्ने; खोस्ने । २. मनोहर; राम्रो । ना. ३. चोर । ४. लुटेरा; डाँका । ५. हार; माला ।
हारगुहारना. [फा. हार+गुहार] १. चोरी, मारपिट वा अन्य कुनै सङ्कट परेको बेलामा मद्दत पाउनका लागि गरिने प्रार्थना; सघाउपघाउको याचना । २. सङ्कट वा आपत्का वेलामा गरिने उद्धारकार्य ।
हारजितना. [हार+जित] १. हार्ने वा जित्ने काम; जय र पराजय । २. लाभ र हानि ।
हारदाम्लोना. [सं. हार+दाम्लो] मालदाम्लो ।
हारहुरक्रि.वि. [अ.मू. (द्वि.) हार] सबै मिलेर एकै खेपमा वा हतारहतार सक्ने गरी; घारघुर ।