वर्णक्रम खण्ड

हस्ताक्षरना. लेखात्मक दस्तखत; सही; हस्तलिपि । हस्ताक्षरितवि. हस्ताक्षर गरिएको; दस्तखत भएको । हस्तान्तर/हस्तान्तरणना. [सं.] १. कुनै वस्तु अरूका हातमा दिने काम; हातेसारी । २. आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम । ३. बेचबिखन । ४. सम्पत्तिको हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिने कानुनी कार्य; दाखिलखारिज । हस्तान्तरणीयवि. अरूलाई दिने वा सुम्पन सकिने (प्रतीतपत्र आदि) । हस्तान्तरितवि. हस्तान्तरण गरिएको । हस्तामलकना. [सं.] १. आफ्ना हातमा रहेका औँलाजस्तो सबै काल र सबै कुरा देख्न वा जान्न सकिने विषय । २. शङ्कराचार्यका एक शिष्यको नाम । हस्तिना. [सं. हस्ती] हात्ती । हस्तिदन्तना. हात्तीको दाँत वा दाह्रा । हस्तिहाडना. हात्तीको हाड; हात्तीको दाँत । हस्तिकर्णीपलाँसना. एउटै पातको डाँठबाट तीनतीनवटा पात निस्कने संयुक्त पात भएको, मञ्जरीका भावको गाढा रातो वा सुन्तला रङको फूल फुल्ने, आयुर्वेदअनुसार कृमि, पखाला र आउँलाई निको पार्ने तथा सर्पको बिख मार्ने मानिएको (लेगुमिनोसी समूहको) एक बोट । हस्तिनीना. [सं.] १. पोथी हात्ती; ढोई । २. कामशास्त्रअनुसार चार प्रकारका स्त्रीमध्ये रोमयुक्त तथा स्थूल काय हुने, धेरै खाने र कामवासना प्रबल भएकी स्त्री । हस्तीना. [सं.] हात्ती; गज । हस्तेक्रि.वि. [सं. हस्त+ए] अर्काको हात हुँदै; कसैको हातमा; मार्फत । हस्तेवारीना. कुनै वस्तु कसैको मार्फत पाउने वा पठाउने काम । हस्त्यायुर्वेदना. [सं.] हात्तीको चिकित्साविषयमा लेखिएको शास्त्र । हस्त्यारोहीना. [सं.] १. हात्तीको सबार । वि. २. हात्ती चढ्ने । हस्याङफस्याङक्रि.वि. [अ.मू. हस्याङ्+अ (द्वि.)] हतारमा आत्तिएर दौडँदा गर्मीवा थकाइले स्वाँफ्वाँ गर्ने गरी । हस्सक्रि.वि. [प्रा.] १. सडेगलेको वस्तुबाट दुर्गन्ध चल्ने गरी; ह्वास्स । २. जिल्लिने गरी; निराश हुने चालले । हहवि.बो. [अ.मू. ह (द्वि.)] गाईगोरु धपाउँदा भनिने शब्द । हाँवि.बो. [सं. आम्] १. अरूले भनेगरेका कुरामा सही थापेर भनिने शब्द; स्वीकृतिसूचक शब्द । २. मन्जुरी वा स्वीकृति ।