वर्णक्रम खण्ड
ह
हस्अव्य. हवस् ।
हस्कनुअ.क्रि. [प्रा. हस्स+नु] १. खुसीले मात्तिनु; ज्यादै हर्षले उम्लनु । २. हिस्स पर्नु; हिस्सिनु; जिल्लिनु । ३. पछि हट्नु; हच्कनु । ४. हस्को आउनु; दुर्गन्ध चल्नु । ५. खिस्रिक्क पर्नु; खस्कनु ।
हस्काइना. हस्कने तथा हस्काउने भाव, क्रिया वा प्रक्रिया ।
हस्काइनुक.क्रि. हिस्स पारिनु ।
हस्काउनुप्रे.क्रि. १. हिस्स पार्नु; हिस्स्याउनु । २. जिल्ल्याउनु ।
हस्कोना. [हसक्क+ओ] हरक; गन्ध ।
हस्क्याइँना. हस्को आउने भाव वा अवस्था; हस्कोपन ।
हस्तना. [सं.] १. हात; बाहु; भुजा । २. हात्तीको सुँड । ३. चौबिस अङ्गुल वा दुई बित्ताको नाप । ४. सत्ताइस नक्षत्रमध्ये पाँच तारा हुने र हातको आकारको मानिने एक नक्षत्र; हस्ता ।
हस्तकलाना. हातद्वारा सम्पन्न गरिने काम; हातको सिप; हस्तकौशल (चित्र, मूर्तिआदि) ।
हस्तकौशलना. हातको सिप वा हातको प्रयोगद्वारा प्राप्त हुने दक्षता; हस्तकला ।
हस्तक्षेपना. अर्काको काममा हात हाल्ने व्यवहार; आफ्नो अधिकारबाहिरको कुरामा गरिने दखल; अवरोध ।
हस्तगतवि. हातलागी भएको वा हातमा परेको ।
हस्तपत्रना. विद्यार्थीको अध्ययनका लागि शिक्षकबाट लिखित वा मुद्रित रूपमा दिइने लेख वा पाठ (ह्यान्ड आउट) ।
हस्तमापनना. हातले नापो लिने काम; हातको परिमाण ।
हस्तमुद्राना. नृत्य, पूजा, साधना आदिमा विभिन्न भाव प्रकट गर्ने हातको आकृति; सन्ध्यावन्दनमा गरिने सुमुख, सम्मुख, वितत आदि हस्ताकृति ।
हस्तरेखाना. सामुद्रिक शास्त्रका अनुसार हत्केलामा कोरिएका शुभाशुभसूचक धर्का; हातको रेखा ।
हस्तलिपिना. कसैका हातको लेखोट; हस्ताक्षर ।
हस्तलेखना. हस्तलिपि ।
हस्ता१ना. [सं.] सत्ताइस नक्षत्रमध्ये एक ।
हस्ता२ना. [सं. हस्ताक्षर] हस्ताक्षर; स्वलिपि ।