वर्णक्रम खण्ड
ह
हरियो ढुकुरना. सेता आँखा, रछाय रङ्गको घाँटी र कालो पुच्छर हुने एक जातको पक्षी ।
हरियोपरियोना. १. हरियो सागपात वा हरियो । वि. २. हरियो ।
हरियो परेवाना. पहँलो टाउको, हरियो गर्धन र हरियै पखेटा हुने एक जातको परेवा ।
हरियो बकुल्लोना. कालो सिउर र हरियो भावका पखेटा हुने एक जातको बकुल्लो ।
हरियो भरियो/भरिलोवि. सप्रिएर हरियो भएको (बोटबिरुवा, बाली आदि) ।
हरियो मासना. मुगीको रङ्गको एक जातको मास ।
हरियो मुलाना. गोठाले सागको मुला ।
हरिलट्ठकवि. [हरि+लट्ठक] भनेको नबुझ्ने र नमान्ने; लट्ठक; स्वाँठ; मूर्ख ।
हरिलम्फुवि. [हरि+लम्फु] केही पनि नजान्ने; मूर्ख; अपढ; हलम्बु ।
हरिलोभरिलोवि. [हरियो+भरिलो] चारैतिर हरिया र पुष्ट बोटबिरुवा भएको; हरियालीले ढाकेको ।
हरिवासरना. [सं.] १. एकादशी । २. आइतबार ।
हरिवाहनना. [सं.] १. विष्णुको वाहन; गरुड । २. सूर्य । ३. इन्द्र ।
हरिशयनीना. [सं.] चतुर्मास व्रतको आरम्भ भएर हरिले पातालमा शयन गर्ने भनी मानिएको दिन; आषाढ शुक्ल एकादशी ।
हरिश्चन्द्रना. [सं.] पुराणप्रसिद्ध, दानी तथा सत्यनिष्ठामा रहेका सूर्यवंशी एक राजा ।
हरिसना. [सं. हलीषा] एक छेउमा हलो र अर्को छेउमा जुवा रहने हलाको ठाडो लामो काठ ।
हरिहरना. [सं.] १. विष्णु र शिवको संयुक्त रूप; हरि र महादेव । २. भोजन गर्दा अनुमति दिइने शब्द । ३. कुनै भजनको प्रत्येक चरणका आखिरमा भनिने शब्द । ४. हरिकङ्गाल भएको स्थिति; तन्नम अवस्था ।
हरिहरपुर गढीना. मकवानी राजा हरिहर सेनले बनाएको एक पुरानो ऐतिहासिक किल्ला ।
हरीछालना. मालभोगका भन्दा लामा र ठुला कोसा हुने एक जातको केरा ।
हरीतकीना. [सं.] हर्रो ।
हरुवा१वि. [हार्+उवा] १. खेल, युद्ध आदिमा असफल हुने; हार्ने । २. डरछेरुवा; काँथर; नामर्द ।