वर्णक्रम खण्ड

हतबुद्धिवि. [सं.] बुद्धि मरेको; बुद्धिहीन । हतभागी/हतभाग्यवि. [सं.] भाग्य नभएको; भाग्यहीन; अभागी । हतरना. [√ हात] घाँटी सानो हुने तामा, पित्तल आदिको सानो गाग्रो; घल्चा । हतश्रीवि. [सं.] १. मुखमा चमक नभएको; दीप्तिहीन; श्रीहीन । २. सौन्दर्य हराएको; ओइलाएको; म्लान । हतारना. [प्रा. हत्थ+कार] चाँडो गर्न आत्तिएको स्थिति; चटारो; हतपत । हतारपतारना. हडबडी; हतपत । हतारिनुअ.क्रि. छिटोछिटो काम सक्न आत्तिनु; चटारिनु; आत्तिनु । हतारोना. हतार । हतार्‍याइना. [हतारि+याइ] हतारिने भाव, क्रिया वा प्रक्रिया । हताशवि. [सं.] आशा मरेको वा मेटिएको; हतोत्साह; निराश । हतासोना. [हात+आसो] गुन्द्री आदि बुन्ने हाते साँचो । हताहतवि. [सं.] हत र आहत; मारिएको र घाइते पारिएको । हतिनीना. [प्रा. हत्तिनी < सं. हस्तिनी] हात्तीको पोथी; ढोई । हतिनुस.क्रि. [हात+इ+नु] हातमा आउनु; रतिनु । हतियारना. [हात+इयार] १. हातले समातेर काटमार आदि गरिने अस्त्र (खुकुरी, तरबार, बन्दुक आदि); काट्ने औजार । २. काट्ने, खन्ने आदि काम गर्ने उपकरण (कुटो, कोदालो, घन, साबेल इ.); औजार । ३. साधन; उपकरण; ज्याबल । हतियारबन्दवि. हतियार भिरेको; सशस्त्र । हतुवावि. [हात+उव] १. दुधमुखे बाछाबाछी वा पाडापाडी मरेको; हातैले पगार्नुपर्ने (गाई, भँसी आदि) । २. हातले काम गर्ने । हतुवापतुवावि. सहायक; मदतगार । हतोत्साहवि. [सं.] उत्साह सेलाएको; आँट वा जाँगर मरेको । हतोत्साहितवि. उत्साह भङ्ग गराइएको; हिम्मत वा जाँगर टुटाइएको ।