वर्णक्रम खण्ड
ह
ह्वालह्वाली/ह्वालह्वाल्तीक्रि.वि. अझै ह्वालह्वाल भएर ।
ह्वालालालाक्रि.वि. [अ.मू. ह्वाल्+ल (द्वि.)] ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने, पोखिने वा त्यसो हुँदा शब्द निस्कने गरी; नरोकिई बाढी आउने चालसित ।
ह्वाल्लक्रि.वि. [अ.मू. ह्वाल्+ले पानी, दुध आदि पन्यालो पदार्थ एक्कासि सबै पोखिने गरी ।
ह्वासह्वासक्रि.वि. [ह्वास्+अ (सात.)] १. नराम्रो गन्ध आउने गरी; हरक चल्ने किसिमले । २. उक्सने, फुल्ने वा चाँडै बढ्ने गरी । ३. विचार नगरी काम गर्ने, बोल्ने वा घरमा पस्ने गरी । ४. भासिने वा फस्कने किसिमले ।
ह्वासह्वासती/ह्वासह्वासीक्रि.वि. ह्वासह्वासको क्रम अझै बढेर ।
ह्वास्सक्रि.वि. [अ.मू. ह्वास्+स] १. अपर्झट दुर्गन्ध, हरक, बाफ आदि आउने गरी । २. जमिन भत्केर खस्ने वा भासिने चालले । ३. एकाएक उक्सने, फुल्ने वा बढ्ने गरेर । ४. पानी आदि तताएको पदार्थ ताप पुगेर उम्लने गरी ।
ह्विस्कीना. [अङ्.] उखु वा जौ आदि अन्नबाट बन्ने एक किसिमको रक्सी ।
ह्वेलना. [अङ्.] पृथ्वीमा पाइएका जीवहरूमध्ये सबभन्दा ठुलो, अनेक जाति वा भेद हुने, स्तनपायी जन्तु; सबैभन्दा ठुलो माछो; राघव ।