वर्णक्रम खण्ड
ह
होच्याइना. [√ होचि (+याइ)] १. होचिने भाव, क्रिया वा प्रक्रिया ।[होच्याउ+आइ] २. होच्याउने भाव, क्रिया वा प्रक्रिया ।
होच्याइनुक.क्रि. होचो पारिनु ।
होच्याउनुस.क्रि. १. अग्लाइ वा उचाइ कम पार्नु; होचो गराउनु । २. निन्दा गर्नु; तुच्छ्याउनु; ह्याउनु ।
होजरीना. गन्जी, मोजा, स्विटर आदि बुन्ने व्यवसाय ।
होटेलना. [अङ्.] मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरू केही समय बस्ने, सुत्ने विश्रामस्थान; आवासीय भोजनालय ।
होटेल करना. होटेलको व्यवसायका आधारमा सरकारबाट उठाइने शुल्क ।
होटेल व्यवसायना. होटेल खोलेर धन आर्जन गरिने उद्योग ।
होड१ना. दुई वस्तुका बिचको, थोरै करायँ परेको छिद्र; अन्तर ।
होड२ना. [सं. होड] १. बाजी; सर्त । २. प्रतियोगिता; प्रतिस्पर्धा ।
होटेलबाजीना. १. बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न; बाजी; सर्त । २. प्रतिस्पर्धा; प्रतिद्वन्द्विता । ३. तँछाडमछाड ।
होताना. [सं.] होम गर्ने ब्रामण; ऋत्विक् ।
होत्रोना. [हतौडो] फलामको काम गर्ने कारिगरहरूको ठुलो घन; हतौडा ।
होनहारवि. [हि.] १. भविष्यमा असल बन्ने खालको । २. परन्तुमा योग्य बन्ने लक्षण भएको । ३. जेहनदार; प्रतिभाशाली । ४. ज्यादै सिपालु; निपुण ।
होपजग्गाना. ठुलठुला जागिरदारलाई पेन्सनको सट्टा आयस्ता खान पाउने गरी दिइएको जग्गा ।
होपापापीना. १. लाभ हुने कुनै कामकुरामा लोभिएर गरिने प्रतिद्वन्द्विता वा तँछाडमछाड । २. लोभले गर्दा छिटोछिटो खाने काम ।
होमना. [सं.] १. अग्निकुण्डमा विधिपूर्वक मन्त्र पढेर घिउ, चरु आदि हाल्ने काम; हवन । २. अग्निमा आहुति दिएर गरिने यज्ञ ।
होमकुण्डना. होम गर्न आगो बालिने कुण्ड वा पात्र ।
होमाइना. [√ होम् (+आइ)] होम्ने भाव, क्रिया वा प्रक्रिया ।
होमाइनुक.क्रि. होम गराइनु ।
होमाउनुप्रे.क्रि. होम गराउनु ।