वर्णक्रम खण्ड

हेमन्त ऋतुना. हेमन्त । हेमाद्रिना. [सं.] १. सुमेरु पर्वत । २. दान, व्रत, तीर्थ, मोक्ष र परिशेष गरी जम्मा पाँच खण्ड भएको 'चर्तुवर्ग–चिन्तामणि'– नामक प्रसिद्ध प्रामाणिक ग्रन्थ लेख्ने, इस्वीको तेह्रौँ शताब्दीका एक विद्वान् पुरुष । हेयवि. [सं.] १. छोड्न योग्य; त्याज्य । २. खराब; रद्दी । ३. तुच्छ; निकृष्ट; नीच । हेरवि.बो. [हेर्+अ] १. कसैलाई चेतावनी दिँदा वा सावधान बनाउँदा भनिने शब्द । ना. २. हेर्ने काम; हेराइ । हेरचाह/चाहाना. १. चारैतिर दृष्टि पुर्‍याएर रेखदेख गर्ने काम; हेरविचार; रेखदेख । २. पालनपोषण; भरणपोषण । हेरफेरना. १. बदल्ने वा बदलिने काम; अदलबदल; परिवर्तन । २. कुनै वस्तुको साटफेर; विनिमय । हेरम्बना. [सं.] १. गणेश । २. गर्व गर्ने वीर; धीरोद्धत नायक । हेरविचारना. [हेर+विचार] हेर्ने र विचार पुर्‍याउने काम; हेरचाह । हेराइना. [√ हेर्(+आइ)] हेर्ने भाव, क्रिया वा प्रक्रिया । हेराइनुक.क्रि. हेर्न लाइनु; देखाइनु । हेराउनुस.क्रि. १. ज्योतिषीलाई ग्रहगोचरको फल देखाउनु । २. धामी, झाँक्री आदिद्वारा भूतप्रेत, बोक्सी आदिको बाधा जँचाउनु । प्रे.क्रि. ३. हेर्न लगाउनु; देखाउनु । हेराहेरना. [हेर्+हेर्] परस्परमा एकले अर्कोलाई हेर्ने काम; देखादेख । हेराहेरिक्रि.वि. हेर्दाहेर्दै; आँखाकै सामुन्नेमा । हेरिवि.बो. [हेर+ई] १. कुनै कामकुरामा कसैको ध्यान आकृष्ट गर्दा भनिने शब्द । २. हेर । हेरिनुक.क्रि. [हेर्+इ+नु] हेर्ने काम गरिनु; देखिनु । हेरोफेरोना. [हेर+फेरो] १. आँखाले तत्काल देख्न सकिने ठाउँ; दृष्टिगोचर क्षेत्र । २. सेरोफेरो; लगापात । हेर्नुस.क्रि. [प्रा. हेर्+नु] १. आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप, रङ्ग, आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु; दर्शन गर्नु । २. रेखदेख पुर्‍याउनु; हेरविचार गर्नु । ३. कुरुवा बस्नु; कुर्नु; रुङ्नु । ४. ज्योतिष–शास्त्रअनुसार कसैको ग्रहगतिको शुभ वा अशुभ फल बताउनु । ५. बाटो कुर्नु; प्रतीक्षा गर्नु । ६. अध्ययन गर्नु; लिखित वा मुद्रित लिपिबाट ज्ञान हासिल गर्नु । ७. भूत–प्रेत, बोक्सी आदिको लागो विचार गर्नु । ८. विवेक पुर्‍याउनु; विचार गर्नु । ९. पालन– पोषण गर्नु । हेल१ना. गाई, भँसी आदि पालेर दुध बेची जीविका चलाउने जाति; अहिर । हेल२ना. [अ. हिलिओग्राफ] झन्डा, बत्ती आदिको सङ्केतबाट सैनिकहरूले कुरा बुझाउने वा सूचना दिने काम । हेल३ना. [सं. हेपी] घोडाको गलथना र गर्धन बाँध्ने धागाको डोरी ।