शब्दकोश प्रविष्टि
हेर्नु
स.क्रि.
आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप, रङ्ग, आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु; दर्शन गर्नु ।
रेखदेख पुर्याउनु; हेरविचार गर्नु ।
कुरुवा बस्नु; कुर्नु; रुङ्नु ।
ज्योतिष–शास्त्रअनुसार कसैको ग्रहगतिको शुभ वा अशुभ फल बताउनु ।
बाटो कुर्नु; प्रतीक्षा गर्नु ।
अध्ययन गर्नु; लिखित वा मुद्रित लिपिबाट ज्ञान हासिल गर्नु ।
भूत–प्रेत, बोक्सी आदिको लागो विचार गर्नु ।
विवेक पुर्याउनु; विचार गर्नु ।
पालन– पोषण गर्नु ।
व्युत्पत्ति
[प्रा. हेर्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060360- मुद्रित पृष्ठ
- 1353