वर्णक्रम खण्ड
ह
हुर्हुरेना. एउटै भेट्नामा मिलेका पाँचपाँचवटा पात हुने, लामालामा खैरा रङका केशर भएका ससाना फूल फुल्ने र तोरीका जस्ता कोसा फल्ने एक बुटी; जलब्रामी ।
हुलाइना. [√ हुल् (+आइ)] हुल्ने भाव, क्रिया वा प्रक्रिया ।
हुलाइनुक.क्रि. हुल्न लाइनु ।
हुलाउना. हुल्ने वा भर्ना हुने काम; प्रवेश ।
हुलाउनुप्रे.क्रि. हुल्न लाउनु ।
हुलाकना. [अ. हुल्क] १. चिठीपत्र र पार्सल आदि लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक । २. डाँकबाट आवतजावत गर्ने सामग्री; चिठीपत्र पार्सल आदि ।
हुलाक अड्डाना. हुलाकसम्बन्धी काम गर्ने अड्डा; पोस्ट–आफिस ।
हुलाक गोस्वाराना. देशभरको हुलाक–अड्डालाई सञ्चालन गर्ने केन्द्रीय हुलाकअड्डा; गोस्वाराहुलाक ।
हुलाक घरना. हुलाक रहेको घर; डाँकघर; हुलाकअड्डा ।
हुलाक टिकटना. डाँकसम्बन्धी मामिलाका लागि सरकारबाट जारी गरिएको टिकट ।
हुलाक पत्रना. हुलाकबाट आउने जाने चिठी ।
हुलाक महसुलना. डाँकमहसुल ।
हुलाक वस्तुना. हुलाकका चिठीपत्र र पार्सल आदि ।
हुलाक सारना. १. सरकारी तहमा एक अड्डाले अर्को अड्डालाई जिम्मा लगाउँदै मोफसलबाट सरहदमा र सरहदबाट कुनै तोकिएको ठाउँमा चिजबिच, मानिस आदि पुर्याउने काम । २. दुनियाँदारी तहमा एक जिल्लाबाट कुनै वस्तु अर्को जिल्ला वा ठाउँमा पठाउँदा बिचबिचमा पर्ने जिमिदार वा गाउँको मुखियाछेउ जिम्मा लगाउँदै सो वस्तु तोकेको ठाउँमा पुर्याउने काम ।
हुलाकीवि. [हुलाक+ई] १. हुलाकको; डाँकसम्बन्धी । ना. २. हुलाकमा आएका चिठीपत्र ओसारपसार तथा वितरण गर्ने कर्मचारी ।
हुलाक घरना. हुलाक–अड्डा ।
हुलियाना. [अ. हुलिय] १. मानिस वा वस्तुको चिनारी गराउने रूप, रङ्ग, आकृति, चिह्न आदिको विवरण । २. रूप; आकृति; बनोट । ३. विवरण । ४. खोलुवा कैफियत ।
हुलुक्कक्रि.वि. [अ.मू. हुलुक्+क] खाएको वस्तु घाँटीबाट बाहिर निस्कने गरी; वमन गर्ने वा छाद्ने चालमा ।
हुल्नुस.क्रि. [सं. हुल्+नु] १. भित्र पसाल्नु; छिराउनु; अँचेट्नु । २. कोच्नु; घुसार्नु ।
हुलना. [सं. कुल] धेरै मानिसहरूको समूह; प्राणीहरूको समूह; जमात ।