वर्णक्रम खण्ड
ह
हुर्काउनुप्रे.क्रि. हुर्कने पार्नु ।
हुर्किनुअ.क्रि. जवान होइनु; हुर्कनु ।
हुर्क्याइना. हुर्किने भाव, क्रिया वा प्रक्रिया ।
हुर्क्याहटना. हुर्किने भाव, अवस्था वा क्रियाप्रक्रिया; हुर्क्याइ ।
हुर्दुङ्गना. [हल्ला–दङ्गा] १. ठुलो हल्ला र दङ्गा; कोलाहल । २. जथाभावी खर्च गर्ने काम ।
हुर्दुङ्गोवि. १. जथाभावी पैसा खर्च गर्ने; फजुलमा धेरै खर्च गर्ने । २. हडबडे; हतपते ।
हुर्दुङ्ग्याहावि. हुर्दुङ्गे ।
हुर्दुराइना. [√ हुर्दुराउ (+आइ)] हुर्दुराउने भाव, क्रिया वा प्रक्रिया ।
हुर्दुराइनुअ.क्रि. हडबडाइनु ।
हुर्दुराउँदोवि. १. निकै वेगसित दौडने खालको; छिटोछिटो हिँड्ने । २. कामकुरा राम्रोसँग नटुङ्ग्याउने; हतपते ।
हुर्दुराउनुअ.क्रि. [हुर्र+दौड+आउ+नु] १. हडबडाउनु; आत्तिनु । २. चाँडोचाँडो दौडनु; दगुर्नु । ३. चटारिनु; हुर्दुरिनु ।
हुर्दुरिनुक.क्रि. हुर्दुराउने काम गरिनु ।
हुर्दुरेवि. हुर्दुराउने; हडबडे; हतपते ।
हुर्दुर्याइना. हुर्दुरिने भाव, क्रिया वा प्रक्रिया ।
हुर्मतना. [अ. हुरमत] १. इज्जत; प्रतिष्ठा; आबरु । २. मान; गौरव ।
हुर्मतहारावि. हुर्मत नभएको; बेइज्जती; नामर्द; हुतीहारा ।
हुर्र्याइना. [√ हुर्रि (+याइ)] १. हुर्रिने भाव, क्रिया वा प्रक्रिया । [हुर्र्याउ+याइ] २. ना. हुर्र्याउने भाव, क्रिया वा प्रक्रिया ।
हुर्र्याइनुक.क्रि. वेगसित फालिनु ।
हुर्र्याउनुस.क्रि. [हुइ+याउ+नु] वेगसित फ्याँक्नु; हुर्र मिल्काउनु; हुत्त्याउनु; हुच्चनु ।
हुर्हुरक्रि.वि. [अ.मू. हुर्+अ (द्वि.)] ज्वालाका राँको निकालेर आगो दन्कने गरी ।