वर्णक्रम खण्ड
ह
हुनेहुनामीना. हुनुहुनामी ।
हुन्डरना. [√ हुँडल्] १. हुलदङ्गा; हुलहुज्जत; होहल्ला । २. ठुलो हावा; आँधी; तुफान ।
हुन्डरीवि. १. हुन्डर मच्चाउने; उपद्रवी; उपद्रो गर्ने । २. हडबडसँग काम गर्ने । ना. ३. हुन्डर ।
हुन्डीना. [हि.] १. धनसम्पत्ति लेनदेन गर्ने कुनै सङ्घ वा संस्थाद्वारा अन्यत्र रहेका आफ्ना वा अरू सङ्घसंस्थालाई 'कुनै वस्तु वा रुपियाँपैसा फलानालाई दिनू' भनी लेखिएको पत्र । २. त्यसरी पठाइएको धनमाल ।
हुन्डोना. पानी राख्ने ढकनी भएको तामाको ठुलो गाग्रो वा घ्याम्पो; रोँचा; रोँचे ।
हुन्नक्रि.वि. [अ.मू. हुन्+न] १. भमरो, माहुरी, झिँगा आदि भन्कँदा सुनिने गरी; भमरा आदि कराउने चालले । ना. २. भमरा, माहुरी, झिङ्गा आदिको भुनभुनाहट ।
हुन्यौलोवि. [हुने+यौलो] पछि असल हुने ठानिएको; होनहार ।
हुप१ना. [अ. हूक] लुगाफाटोको सप्को अल्झाउन वा कपडाको छेउ अड्याउन प्रयोग गरिने धातुबाट निर्मित अङ्कुसे साधन; सेफ्टी पिन ।
हुप२ना. वातविकारको प्रभावले एक्कासि पिठिउँ चस्केर दुख्ने व्यथा; झस्को ।
हुपहारावि. आँट नभएको; काँथर (हुपहारा छोरो, रूपहारा छोरी- उखान) ।
हुप्पक्रि.वि. [अ.मू. हुप्+प] १. कुनै घाउचोट आदिको कारणले उक्सने वा सुनिने गरी । २. घमन्ड वा रिसले फुल्ने चालले ।
हुबहुक्रि.वि. [फा. हूबहू] सकलीजस्तो; उस्तै; दुरुस्त; काटीकुटी ।
हुमाउ चरोना. [फा. हुमा+चरो] लामालामा धेरै प्वाँख हुने, उक्त प्वाँखको कल्की बनाई राजामहाराजाहरूका शिरपेचमा लगाइने, सानो जिउ भएको सेतो वा पहँलो एक जातको चरो ।
हुमेना. [√ होम] होम गर्ने ब्रामण; पुरोहित; पुरेत ।
हुमेडुमेना. पुरेत र दमाईँ ।
हुमेलोना. [हुल+मेलो] घरायसी कामकाजमा वा विवाह आदिमा भेला भएका मानिसहरूको भिड; हुलमूल ।
हुम्ना. [सं.] १. सम्झना, दुबिधा, आशङ्का, रिस, घृणा आदि मानसिक भाव जनाउने शब्द । २. तन्त्रशास्त्रमा मन्त्रको अघिल्तिर वा पछिल्तिर प्रयोग गरेर भूतप्रेत आदिको लागो निवारण गर्ने बीजमन्त्र ।
हुम्लाना. कर्णाली अञ्चलको उत्तरपश्चिम भेगमा पर्ने एक जिल्ला ।
हुरहुरक्रि.वि. [अ.मू. हुर्+अ (द्वि.)] १. दन्केर आगो बल्ने गरी; ह्वारह्वार । २. हावा चल्ने गरी । ३. धेरै मानिसहरू एकैसाथ पस्ने वा निस्कने गरी ।
हुरहुरतीक्रि.वि. अझै हुरहुर हुने गरी ।