वर्णक्रम खण्ड

हिम्मतना. [अ.] १. कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत । २. पराक्रम; सुर्‍याइँ; बहादुरी । हिम्मतदारवि. हिम्मत भएको; आँट गर्ने; उत्साही । हिम्मतहारावि. हिम्मत नभएको; निरुत्साही । हिम्मतीवि. हिम्मतदार । हियराना. [सं. हृदय] १. हृदय; मुटु; मन । २. छाती; वक्षस्थल । ३. स्तन; दुध । हियाइना. [√ हियाउ (+आइ)] हियाउने भाव, क्रिया वा प्रक्रिया । हियाइनुक.क्रि. हियाउने काम गरिनु । हियाउना. [हियो+आउ] १. आँट; हिम्मत; उत्साह; ह्याउ । २. हृदय; मन । हियाउनुस.क्रि. [हेय+आउ+नु] हेला वा अपमान गर्नु; हेय गराउनु; हेप्नु; ह्याउनु । हियारना. [सं. हृदय] हृदय; हियरा । हियारोना. मुटु; हियो; हृदय । हियोना. [प्रा. हिअअ < सं. हृदय] हृदय; मुटु; मन । हिरणना. [सं.] १. सुन; सुवर्ण । २. वीर्य । ३. कौडो । हिरण्मयवि. १. सुनबाट बनेको; सुनको । २. सुनौला; स्वर्णमय । ना. ३. हिरण्यगर्भ; ब्रमा । हिरण्यना. [सं.] १. सुन; सुवर्ण; स्वर्ण । २. ब्रमा । हिरण्यकशिपुना. १. कश्यप प्रजापतिका छोरा, पुराणप्रसिद्ध दैत्यराज । २. सुनको पलङ । हिरण्यगर्भना. १. नेपालको कृष्णगण्डकीमा पाइने शालिग्रामशिला । २. ब्रमा । ३. विष्णु । ४. फलामजस्तो एक प्रकारको धाउ । ५. उपनिषदका अनुसार सम्पूर्ण पदार्थ र जीवहरूको मूल उद्गमस्थल भएको सृष्टिको प्रारम्भमा रहेको सुनौला रङ्गको पिण्ड । हिरण्यनाभना. १. विष्णु । २. मैनाकपर्वत । हिरण्याक्षना. पुराणप्रसिद्ध एक दैत्य; हिरण्यकशिपुको दाजु । हिरनना. [सं. हिरण] १. मर्न लागेका बिरामीलाई खुवाइने सुनपानी, दही आदि पदार्थ । २. भात आदि खानेकुरो (रिस वा गालीका रूपमा) ।