वर्णक्रम खण्ड

डँसाइनुक.क्रि. डाँस्न लाइनु । डँसाउनुप्रे.क्रि. डाँस्न लाउनु; डसाउनु; धुताउनु । डक्नुस.क्रि. [प्रा. डक्न] कसैलाई उमेर, बल, खवाइ आदिले दमन गर्नु वा थिच्नु; नियन्त्रण गर्नु; ऐँचनु । (उदा.- दाजुले डकेर हो कि कान्छो सप्रनै सकेन) । डकर्मीना. [नेवा. दँकऽमि] घर बनाउँदा माटो, वज्र, सिमेन्ट आदिले जोडी ढुङ्गा, इँट आदिको गारो लगाउने मानिस; घर बनाउने काममा ढुङ्गा, इँट, माटो आदिको काम पूरा गर्ने कालिगड । डकाइना. [√ डक्/डाक् (+आइ)] १. डक्ने भाव, क्रिया वा प्रक्रिया । २. डाक्ने भाव, क्रिया वा प्रक्रिया । डकाइनुक.क्रि. डक्न लाइनु; दमन गर्न लाइनु । डकाउनुप्रे.क्रि. दमन गराउनु; दबाउनु । डकार्नुस.क्रि. [डकार+नु] १. पेटको वायु शब्दसहित घाँटीबाट बाहिर निकाल्नु; डकार झिक्नु । २. अघाउन्जेल खानु; पेट टन्न भरिने गरी खानु । डकार१ना. [सं.] 'ड' अक्षर; टवर्गमा पर्ने तेस्रो अक्षर । डकार२ना. [अ.मू. ड+कार] पेटको वायु घाँटीबाट निकालिने शारीरिक क्रिया वा सो वायु निक्लँदा आउने आवाज; ऊर्ध्ववायु । डकाराइना. [√ डकार्(+आइ)] डकार्ने भाव, क्रिया वा प्रक्रिया । डकारिनुअ.क्रि. डकार निकालिनु । डकिनुक.क्रि.[डक्+इ+नु] डक्ने काम गरिनु; दमन गरिनु । डकुमेन्ट्रीना. [अङ्.] ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि महत्त्वका विषयवस्तुमा आधारित लघु चलचित्र; वृत्तचित्र । डकुल्ल्याइना. [√ डकुल्ल्याउ (+आइ)] डकुल्ल्याउने भाव, क्रिया वा प्रक्रिया । डकुल्ल्याइनुक.क्रि. अरूको धनमाल पचाइनु; थुप्रै खाइनु । डकुल्ल्याउनुस.क्रि. १. अरूको धनमाल सोहोर्नु वा पचाउनु । २. थुप्रै खानु; अघाउन्जेल खानु । डकैतना. [हि.] जबरजस्ती लुटपिट गरी चोरी गर्ने वा अवैध र अनुचित तरिकाले अरूको धनमाल हत्त्याउने डाँका । डकैतीना. डाँका मार्ने काम; डाँकाको काम । डकोटाना. [अङ्.] एक किसिमको वायुयान वा हवाईजहाज ।