वर्णक्रम खण्ड
ऋ
ऋदेवनागरी वर्णमालाको स्वरवर्णमध्ये सातौँ स्वरवर्ण; परम्परागत रूपमा मूर्द्धास्थानबाट उच्चारण हुने, ह्रस्व स्वरवर्ण मानिएको र नेपाली भाषामा 'रि' का रूपमा उच्चारण गरिने वर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
ऋक्ना. [सं.] १. पद्यमा लेखिएको वेदमन्त्र; ऋचा । २. चार वेदमध्ये पहिलो वेद; ऋग्वेद ।
ऋकारना. [सं.] १. 'ऋ' अक्षर । २. व्यञ्जनवर्णमा ऋस्वर जोड्दा दिइने चिह्न (◌ृ) ।
ऋक्षना. [सं.] १. नक्षत्र; तारा । २. भालु ।
ऋक्षपति१. चन्द्रमा । २. रामको सेनापतिका रूपमा काम गर्ने रामायणप्रसिद्ध भालु; जाम्बवान् ।
ऋग्वेदना. [सं.] चार वेदमध्ये पहिलो वेद; वेदको पद्यसंहिता ।
ऋग्वेदीवि. १. ऋग्वेदको ज्ञाता । २. ऋग्वेद पाठ गर्ने वा ऋग्वेदको अनुयायी । ३. ऋग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्रामण) ।
ऋचाना. [सं.] पद्यमा लेखिएको वैदिक मन्त्र; वेदको पद्यसंहिता; कण्डिका ।
ऋजुवि. [सं.] १. बाङ्गो वा टेढो नभएको; सोझो; सरल । २. छल, प्रपञ्च नभएको; सिधासाधा; सज्जन । ३. अनुकूल ।
ऋजुताना. १. ऋजु हुनाको भाव वा अवस्था; सोझोपना; सरलता; साधुता । २. सौजन्य । ३. सरल स्वभाव वा प्रवृत्ति ।
ऋणना. [सं.] पछि फिर्ता दिनेलिने सर्तमा अरूसँग लिइएको वा अरूलाई दिइएको धन; कर्जा; सापट; रिन ।
ऋणकर्तावि. १. ऋण काढ्ने वा ऋण लिने । ना. २. ऋण लिने मान्छे; असामी ।
ऋणग्राहीवि. अर्काबाट ऋण लिने; रिनमा डुबेको; ऋणी; असामी ।
ऋणदातावि. कसैलाई ऋण दिने; कर्जा दिने; साहु ।
ऋणपत्रना. १. असामीले ऋण लिएको प्रमाणस्वरूप साहुलाई लेखिदिने कागत; तमसुक । २. राष्ट्र ब्याङ्कद्वारा निर्धारित समयमा साँवाब्याज फर्काउने गरी समय समयमा जारी गरिने वा खरिदबिक्री हुने विभिन्न रकमको पत्र ।
ऋणमुक्तवि. लिएको ऋण तिरिसकेको; ऋणबाट छुटकारा पाएको; अऋणी ।
ऋणमुक्ति/मोचनना. ऋणबाट मुक्त हुने काम; ऋण तिरिसकेको अवस्था; रिनबाट छुटकारा ।
ऋणसीमाना. किसानहरूलाई ऋण दिँदा लागत र उत्पादनका आधारमा सुहाउँदो गरी तोकिएको ऋणको अवधि; रिन फर्काउने भाका वा म्याद ।
ऋणात्मकवि. [सं.] ऋणका रूपमा लिइएको; ऋणरूप । विप. धनात्मक ।
ऋणात्मक कणना. धन विद्युत्कण (प्रोटोन) का वरिपरि घुमिरहने ऋण विद्युत् शक्तिको सूक्ष्म कण ।