खोज नतिजा

“सार”

5 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

सार

ना. [सं.] १. कुनै वस्तु वा पदार्थको मुख्य भाग; मुख्य अंश; सत्त्व; तत्त्व । २. कुनै वस्तुको भित्री मुख्य भाग; गुदी । ३. सल्लो आदिको रुखबाट निस्कने चोप; खोटो; निर्यास । ४. दुध वा दहीको तर; नौनी । ५. कुरा, कृति, लेख आदिको मुख्य अंश वा मतलब; मजबुन । ६. भनाइको तात्पर्य; अभिप्राय । ७. कुनै लेख वा प्रबन्ध आदिको अन्तिम भनाइ; निष्कर्ष; उपसंहार । ८. निचोर; गाँठी कुरा । ९. धन; दौलत; सम्पत्ति । १०. बल; शक्ति । ११. साहित्यमा, पहिले वर्णन गरिएका कुराको उत्तरोत्तर उत्कर्ष वा अपकर्षको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार । १२. पानी; जल । १३. वेदको सस्वर पाठ गर्दा उदात्त, अनुदात्त र स्वरितअनुसार हात हल्लाएर स्वरगत आरोह, अवरोह र साम्य आदिको भाव व्यक्त गर्ने काम । १४. मासी; मज्जा । वि. १५. मुख्य; प्रधान । १६. वास्तविक; तथ्य । १७. सर्वोत्तम; सर्वश्रेष्ठ ।

पूरा प्रविष्टि हेर्नुहोस् →