शब्दकोश प्रविष्टि

स्वतन्त्र

वि.
  1. अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने; स्वाधीन ।

  2. अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको (जस्तो- स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि) ।

  3. कुनै नियम–विधि वा प्रतिबन्धबाट मुक्त (जस्तो- स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन आदि) ।

  4. अरू कसैसँगको सम्पर्क नभएको; अलग; भिन्न ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058744
मुद्रित पृष्ठ
1317