शब्दकोश प्रविष्टि

स्खलन

ना.
  1. कहीँकतैबाट हुने केही कुराको झराइ ।

  2. तरल पदार्थको चुहाइ ।

  3. कुनै पनि काममा हुने भुल; भुलचुक ।

  4. आफ्नो मर्यादा, आचरण, मार्ग आदिबाट भएको पतन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058337
मुद्रित पृष्ठ
1308