शब्दकोश प्रविष्टि

सुक्नु

अ.क्रि.
  1. आगो वा घामको रापले अथवा बतासले हानेर पानी वा ओसिलोपन हराउनु; राम्ररी ओभाउनु; सुक्खा हुनु ।

  2. छिप्पिएर वा चाउरिएर रसहीन हुनु ।

  3. बोटबिरुवामा हरियो भाव सकिनु; आलोकाँचो नरहनु ।

  4. बुढेसकाल, रोग वा मानसिक तापले शरीरको रगतमासु घटेर दुब्लाउनु ।

  5. खोलानालाको पानी घट्नु ।

  6. गाईभँसी आदिले दुध दिन छाड्दै जानु; दुध कम दिनु ।

व्युत्पत्ति

[सं. शुष्क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057094
मुद्रित पृष्ठ
1282