शब्दकोश प्रविष्टि
सिद्धान्त
ना.सर्व
विचार, तर्क र अनुभवद्वारा स्थापित मत; प्रमाणित विचार शृङ्खला ।
साहित्य, सङ्गीत, कला, विज्ञान आदिका सम्बन्धमा विद्वान्द्वारा प्रतिपादित सत्य रूपमा ग्रहण गरिएको मूल विचार; मान्य मत ।
ऋषिमुनिहरूको मान्य उपदेश ।
निचोर कुरो; सारतत्त्व ।
कुनै धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक आदि सर्वमान्य मत ।
निश्चित मतका आधारमा लेखिएको कुनै शास्त्रीय ग्रन्थ ।
साधारण व्यवहारमा प्रायः एकरूपता ल्याउन स्थापित कुनै नियम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056803- मुद्रित पृष्ठ
- 1276