शब्दकोश प्रविष्टि
साहित्य
ना.
सहित हुनाको भाव, गुण वा अवस्था; साथ रहेको स्थिति ।
कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि; वाङ्मय ।
जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि ।
इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्यकृति; काल्पनिक र भावुकतापूर्णपद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि) ।
परस्पर सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय ।
गद्य वा पद्यकृतिहरूबाट हुने रसको आस्वाद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056579- मुद्रित पृष्ठ
- 1271