शब्दकोश प्रविष्टि
सारङ्ग
ना.वि.
ठुला कान, छोटो पुच्छर र खैरो रङ हुने एक जातको मृग; चित्रमृग ।
छिरबिरे वस्तु; एउटैमा विभिन्न रङ्ग हुने पदार्थ ।
हात्ती घोडा, सिंह आदि जनावर तथा रजहाँस, सारौँ, कोइली, मुजुर, काकाकुल आदि पक्षी र भमरो, मौरी आदि कीटपतङ्गको नाम ।
कृष्ण ।
विष्णुको धनु ।
कामदेव ।
बादल ।
फूल (खास गरी कमल) ।
तलाउ ।
चन्द्रमा ।
शङ्ख ।
सारङ्गी । वि.
मनोहर; सुन्दर; राम्रो ।
रँगाएको; रङ्गिन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056424- मुद्रित पृष्ठ
- 1267